Blog

मस्तिस्कघात (Stroke) का ५ प्रारम्भिक चेतावनीका लक्षणहरु

blog-detail-img
|
  Feb. 20, 2022
2738
Views

Click here to download mobile App

मस्तिस्कघात (Stroke) का ५ प्रारम्भिक चेतावनीका लक्षणहरु

मस्तिस्कघात (Stroke) एक चिकित्सकिए आपतकालीन अवस्था हो जहाँ हरेक मिनेट महत्वपूर्ण हुन्छ। त्यसैले मस्तिस्कघातका लक्षणहरू थाहा पाइराखदा तपाईंलाई आपतकालीन अवस्थामा छिटो निर्णय लिन मद्दत गर्न सक्छ। तपाईलाई मस्तिस्कघातका केहि सामान्य लक्षणहरु बारे ज्ञान हुन सक्छ, जसमा निम्न लक्षणहरु समावेश छन ।

१. आखाँ धमिलो हुनु 
२. बोल्नमा अप्ठ्यारो हुनु 
३. रिङ्गटा लागनु
४. अनुहार एक तर्फ झर्नु
५. हातमा कमजोरी हुनु

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

मस्तिस्कघातका केहि सूक्ष्म प्रारम्भिक लक्षणहरू जसलाई समान्य समस्या भनेर बेवास्ता गर्न सकिन्च, जसमा निम्न लक्षणहरु समावेश छन । 

१. असामान्य रूपमा धेरै टाउको दुख्नु
२. थकान लागनु वा शरिर-भरी कमजोरी हुनु 
३. हिड्न गाह्रो हुनु
४. वाक-वाक लागनु वा बान्ता हुनु (विशेष गरी यदि अरु बान्ता गराउने कुनै रोग छैन भने) 
५. अस्पष्ट सोच नसक्नु  

यदी यी चेतावनीका लक्षणहरू अचानक देखा परेछन र ति लक्षणहरुलाई अन्य कारणहरूले व्याख्या गर्न सकिएन भने बिरामिले चिकित्सकिए परामर्श लिनुपर्छ । मस्तिस्कघातका लागि उच्च-जोखिम श्रेणीमा यी वर्गहरू पर्छन:

१. उमेर : ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई मस्तिस्कघातको जोखिम युवाहरूको तुलनामा बढी हुन्छ।

२. स्वास्थ्य अवस्था : आफुलाई वा पारिवारमा कसैलाई मस्तिस्कघात भएका व्यक्तिहरू वा उच्च रक्तचाप, मधुमेह वा मुटुरोग भएका व्यक्तिहरू बढी जोखिममा हुन्छन्।

३. लिङ : महिलाको तुलनामा पुरुषमा मस्तिस्कघातको जोखिम बढी हुन्छ । यद्यपि, महिलाहरूमा मस्तिस्कघातको सूक्ष्म लक्षणहरू देखाउने सम्भावना बढी हुन्छ।

४. हर्मोन : इस्ट्रोजेन प्रयोग गरिएको गर्भनिरोधक चक्की वा हर्मोन थेरापी लिइरहेका व्यक्तिहरूलाई मस्तिस्कघात हुने सम्भावना बढी हुन्छ।

यदि तपाईं वा तपाईंसँग भएका कोइ व्यक्तिले मस्तिस्कघातको कुनै पनि लक्षणहरू अनुभव गर्न थालनुभएको छ भने छिट्टो भन्दा छिट्टो चिकित्सकिए परामर्श लिनुहोला।