Blog

एक्कासि छाती दुखे एस्पिरिन

blog-detail-img
|
  March 5, 2022
7742
Views

यदी तपाईलाई एक्कासि छाती दुख्न थाले तुरुन्त एक चक्की एस्पिरिन चपाउदै अस्पताल जानुभयो भने हृदयाघातका कारण हुन सक्ने मृत्यु टर्न सक्छ । तपाई छेउकालाई त्यस्तो समस्या देखिए पनि यही विधि अपनाउन सक्नुहुन्छ। तत्काल लिन सकिएको ३०० मिलिग्रामका एउटा एस्पिरिनको सहयोगवाट करिव एक चौथाइ मृत्यलाई टार्न सकिन्छ ।

हर्टअट्याकको लक्षण देखिएका जोसुकैलाई तुरुन्त एस्पिरिन खुवाएर अस्पताल लैजानु तत्काल गर्न सकिने सबैभन्दा उत्तम उपाय हो,' मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्, सबै प्रकारको छाती दुखाइ हार्टअट्याक नहुने भए पनि एस्पिरिन खांदा स्वास्थ्यलाई कुनै घाटा हुन्न, हार्टअट्याक हुने लागेको भए पनि ज्यान बचन सक्छ । 

हृदयाघात वा यसको शंका भएकाहरूले तुरुन्त एस्पिरिनको चक्की खाएर अस्पताल पुग्न थाले यसबाट हुने मृत्युदरमा निकै कमी ल्याउन सकिने दाबीसमेत गरिन्छ। 'एस्पिरिनले धेरै फाइदा पुग्छ', डा. ओम मूर्ति भन्छन्, हार्ट अटयाकको लक्षण देखिनासाथ एक चक्की खाए मृत्युलाई घरमै रोक्न सकिन्छ। हर्टअट्याक हुँदा क्लोट्टिङ फ्याक्टरले गर्दा मुटुको रक्तनलीमा प्लेटलेट (platelet) जम्न थाल्छ ।तर एस्पिरिनले प्लेटलेटलाई जम्न दिदैन। अनि हर्टअट्याक र स्ट्रोकको आशंका कम हुन्छ । उनका अनुसार, एक चक्की एस्पिरिन खोदा मुटुमा रक्तसञ्चार सुचारु हुने सम्भावना ३० प्रतिशतले बढ्छ। यस्तो हुँदा बिरामीलाई अस्पताल लैजा अट्याक हराउनसमेत सक्छ। एस्पिरिन मेडिकलमा सजिलै पाइन्छ ।

हाम्रो मुलुकमा दिनहुँ हृदयाघात भइरहे पनि यसको यकिन तथ्याक राख्न र यसवारे खासै बृहत अध्ययन हुन सकेको छैन। अध्ययन नभए पनि दिनहु देखिने यो घटनाले अझ यो समस्यामा वृद्धि हुँदै गएको अनुमान गर्न थालिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुमान अनुसार, सन् २०१६ मा १ करोड ७९ लाख व्यक्तिको मृत्यु मुटु र रक्तनली सम्बन्धी रोगका कारण भयो | विश्वव्यापी हुने सबै खाले मृत्युको ३१ प्रतिशत हो यो | यस्तो मृत्युमध्ये ८५ प्रतिशतचाहिं हृदयाघात र स्ट्रोकले गर्दा भएको हो।

डा. ओममूर्तिका अनुसार, हृदयाघात भएर वा आशकामा विभिन्न स्वास्थ्य निकाय पुग्नेहरूमध्ये औलामा गन्न सकिनेने मात्र तासअधि एस्पिरिन खाने गरेका छन् | धेरैजसो व्यक्ति एस्पिरिनलाई डिसपृनका रुपमा बुझ्ने गर्छन । 

शंकाका भरमा एस्पिरिन खांदा बेफाइदा ?

छाती दुखेका बेला हृदयाघातको आशंकामा एस्पिरिन खाएर स्वास्थ्य निकाय पुग्दा र पछि त्यो दुखाइ मुटुको समस्याका कारण नभएको पत्ता लागे पनि यो औषधिको खासै दुष्प्रभाव हुँदैन। 

'एस्पिरिनले सामान्य व्यक्तिले पेनकिलर औषधि खाएभन्दा कम खराबी गर्छ,' डा. ओममूर्ति भन्छन् ।

एस्पिरिनको दुष्प्रभाव भनेको, यो खाइरहे चोटपटक लागेका बेला बड़ी रक्तस्राव हुनसक्छ। प्लेटलेट कम भएकाहरुमा रक्तस्रावको डर हुन सक्छ। यस्तै ग्यास्ट्रिकको समस्या देखिन सक्छ। सामान्य अवस्थामा रक्तस्राव वा रक्त विकारसँग सम्बन्धित रोग भएकालाई एस्पिरिन उपयोग गर्ने सल्लाह दिइन्न। 

के हो एस्पिरिन ?

एस्पिरिनलाई 'एसिटाइल स्यलिसाइलिक एसिड' समेत भनिन्छ। यो चक्की सामान्य शारीरिक पीडा हटाउन, ज्वरो कम गर्न र रगत पातलो पार्न समेत प्रयोग गरिन्छ ।

हृदयाघातको पूर्वसंकेत हुन्छ ?

हृदयाघातका पूर्वसंकेतबारे थुप्रै दाबी गर्ने गरिए पनि हालसम्म शतप्रतिशत केसलाई समेट्ने गरी यस्तो कुनै पूर्वसंकेतबारे अनुसन्धाताहरू टुंगोमा पुग्न सकेका छैनन् । सबै हृदयाघातमा स्पष्ट पूर्वसंकेत देखिने गरेको छैन । हालसम्म विज्ञानले कसलाई हृदयाघात हुने, कसलाई नहुने भन्नेबार पत्ता लगाउन नसकेको जनाउदै डा. ओममूर्ति भन्छन्, 'डाक्टरले फलानो हृदयाघातको बढी र फलानो कम जोखिममा छ मात्र भन्न सक्छन् ।' 

यस्तै एन्जियोग्राफीबाट मुटुको रक्तनलीमा अवरोधबारे जानकारी पाउन सकिन्छ। कुनै व्यक्तिलाई मुटुको रगत नलीमा २५, अर्काको मुटुमा ६०, तेस्रो व्यक्तिको मुटुमा ७५ प्रतिशत अवरोध देखिँदा पनि पहिले कसलाई हृदयाघात हुन्छ भनेर ठोकुवा गर्न सकिन्न। हाल एन्जियोग्राफी गर्दा सामान्य देखिएकाहरुलाई ५/७ वर्षपछि पनि हृदयाघात हुन सक्छ।

'कोही दुक्क हुन सकिन्न, हृदयाघात अचानक हुन्छ,' डा ओममूर्ति भन्छन्, तपाईंको मुटुमा २०, ५० वा ७५ प्रतिशत अवरोध भए पनि बाँकी खुल्ला रहेको भागबाट रगत मुटुमा पुगिरहेको हुन्छ ।

करिव ९० प्रतिशत अवरोध हुदाँ मुटुमा रगत पुरयाउन बढी मिहिनेत गर्नुपर्छ। यसले गर्दा धड्कन बढ्छ र मुटुमा ९५-९९ प्रतिशत अवरोध हुदाँसमेत छाती दुख्न सक्ने उल्लेख गर्दै डा ओममूर्ति भन्छन् 'अचानक रगतको नली शतप्रतिश बन्द हुँदा हृदयाघात हुन्छ, मुटुको मांशपेसी मर्न थाल्छ अनि छाती दुखछ।

एनरोविक प्रक्रियाले गर्दा मांशपेसी मर्न लाग्दा विभिन्न रसायन निस्किएर छाती दुखाइसङ्गै अन्य लक्षण देखिने गर्छन् । केही दिन, साता वा महिनायता हिंड्दा तनाव पद छाती दुख्नु, त्यो सङ्गै पसिना बग्नु अस्वाभाविक रूपमा पक्राइ लाग्नु, बिनाकारण स्वाँ-स्वाँ हुनु केही व्यक्तिमा हृदयाघातको पूर्व संकेत हुन सक्छन्। ४० वर्षमुनिका, हृदयाघात हुने जोखिमका कारक नभएका युवाले छाती दुख्दा हृदयाघात भयो भनेर सामान्यतः डराउनु नपर्ने उनी बताउँछन । 

-यो लेख अतुल मिश्र द्वारा कान्तिपुर राष्ट्रिय दैनिकको लागी लेखिएको थियो ।