Blog

चुरोटको सेवन छोड्ने योजना कसरी बनाउने र चुरोट सेवन बन्द गर्दा हुने फाइदाहरुः

blog-detail-img
|
  April 27, 2022
1447
Views

चुरोटको सेवन छोड्ने योजना कसरी बनाउने ?
चुरोटको सेवन छोड्ने धेरै तरिकाहरुमध्ये आफूलाई सजिलो लाग्ने एक तरिका अपनाउनु जरुरी हुन्छ । यसकोलागि समय लिएर, सोचेर एउटा योजना बनाउनु आवश्यक हुन्छ ।
१. चुरोटको परित्याग गर्ने कुनै एक दिन निश्चय गरी, यसको सेवन पूर्णतया बन्द गर्नुपर्छ । जस्तैः नयाँ वर्ष, ठूलो पर्ब, जन्मदिन आदि ।
२. चुरोटको सेवन छोड्नमा आफ्नो परिवारजन र मित्रहरुलाई सहयोगको लागि आग्रह गर्नुपर्छ ।
३. चुरोटको सेवन छोड्ने बेलामा चुरोट खान मन लाग्यो भने के गर्ने ? यसको लागि पहिल्यै तयार भएर बस्नुपर्छ । 

चुरोटको सेवन बन्द गर्दा हुने फाइदाहरु
चुरोटको सेवन बन्दगर्ने बेलादेखि नै स्वास्थ्यलाभ शुरु हुनथाल्छ । हृदयाघात र मस्तिष्कघातको सम्भावना चुरोट बन्द गरेको दिनदेखि नै घट्न थाल्छ । यसले तपाईलाई अन्य स्वास्थ्यलाभ पनि हुन्छ । क्यान्सर र फोक्सो सम्बन्धित रोगहरुको सम्भावना पनि घटाउँछ केही अध्ययनहरुको आधारमा चुरोट बन्द गरेको १० वर्षमा हृदयाघात र मुटु सम्बन्धी रोगको संभावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्ति जतिकै हुनजान्छ ।
ब्रिटेनका चिकित्सकहरुमा गरिएको ५० वर्षको एउटा रोचक अध्ययन अनुसार चुरोट बन्द गरेको बेलाको उमेर ३५ देखि ४४ वर्षसम्मको | बिचमा हुँदाखेरी, चुरोट बन्द गर्ने र कहिल्यै पनि चुरोट नखाने चिकित्सकहरु उत्तिकै वर्षसम्म बाचें । त्यसैले पहिला जति चरोटको सेवन गरेको भएपनि यसलाई | बन्द गर्नु कहिल्यै ढिलो हुँदैन ।  तसर्थ आजै देखि चुरोटको सेवन बन्द गर्नुहोस् ।

चुरोटको सेवन छोडेपछि पुनः सेवन गर्न इच्छा लागेमा के गर्ने ?
चुरोटको लत लागेपछि, यसलाई छोड्ने बेलामा शरीरमा असजिलो तथा अप्ठयारो भएको अनुभव हुनसक्छ । यसलाई Withdrawl Symptoms अर्थात धुम्रपान छोड्दाको लक्षण भनिन्छ । जस्तैः टाउको दुख्ने, रिस उठ्ने, मानसिक अस्थिरता, ध्यान केन्द्रित गर्न गाह्रो हुने आदि ।
तम्बाकु एउटा लत लाग्ने पदार्थ भएको कारणले बन्द गरेको पहिलो हप्तामा वा त्यसपछि फेरि सेवन गर्न इच्छा लाग्नु (Craving) स्वभाविक हो । तम्बाकु बन्द गरेको महिनौ पछि पनि फेरि शुरु गरेको उदाहरणहरु धेरै भेटिन्छन् । चिकित्सकको परामर्श अनुसार निकोटिन युक्त Chewing Gum, पैच वा चक्कीहरु प्रयोग गरेर यस्ता लक्षणहरुको रोकथाम गर्न सकिन्छ ।