Blog

स्वाँ स्वाँ हुने कारणहरु

blog-detail-img
|
  Dec. 18, 2020
31508
Views

Click here to download mobile App

रक्तप्रवाहमा समस्या भएर वा रगतमा अक्सिजनको कमी भएर जब अंगहरुमा (Organs /Tissue) पनि अक्सिजनको आपूर्तिमा कमी हुनथाल्छ, त्यस्तो अवस्थामा बिरामीलाई स्वाँस्वाँ हुनथाल्छ यसको अर्थ मुटुको वा फोक्सोको काममा समस्या भएमा स्वाँस्वाँ हुने सम्भावना बढी हुन्छ शुरुशुरुमा स्वाँस्वाँ हुने समस्या काम गर्ने बेलामा वा हिड्ने बेलामा मात्रै हुन्छ पछि समस्या बढ्दै गएर अलिकिति हिंड्दा वा तल्ला ¥याङ् चढ्दा पनि स्वाँस्वाँ हुन थाल्छ

 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

बसेको बेलामा पनि स्वाँस्वाँ हुनु नराम्रो संकेत हो यस्तो भएमा आफ्नो चिकित्सकलाई सम्पर्क गर्नु राम्रो हुन्छ सुत्दा स्वाँस्वाँ हुने बस्दा ठीक हुने लक्षण मुटुरोग वा फोक्सो रोगसंग सम्बन्धित हो यसलाई अर्दोप्नीया (Orthopnoea) भनिन्छ यस्तो लक्षण हुनासाथ चिकित्सककलाई भेटन् जरुरी हुन्छ

स्वाँस्वाँ हुने प्रमुख कारणहरु

.      मुटुसंग सम्बन्धित रोगहरु

.      फोक्सोसंग सम्बन्धित रोगहरु

.      मोटोपना

.      उच्चरक्तचाप

.      रगतको कमी (Anemia)

.      गर्भवती महिला

.     धेरै दिनदेखि निष्कृय भएर हिंड्डुल नगरेमा

स्वाँस्वाँ भएमा को संग जचाउने ?

स्वाँस्वाँ हुने बिरामीको सर्वप्रथम यसको कारण पत्ता लगाउनु पर्छ यसको लागि मुटु फोक्सो सम्बन्धी जाँचहरु गर्न जरुरी हुन्छ यसबाट केही रोग देखा नपरेमा मोटोपनाको कारणले यसो भएको हुनसक्छ यसकोलागि छातीको एक्सरे, सि जी, इको गर्नुपर्ने हुन्छ स्वाँस्वाँ हुने बिरामीले जेनेरल फिजिसियन वा सीधै मुटुरोग विशेषज्ञसंग जचाउन मिल्छ फोक्सोरोग साबित भइसकेका बिरामीलाई अप्ठ्यारो भएको बेलामा जेनेरल फिजिसियन वा फोक्सो रोग विशेषज्ञलाई जचाउन मिल्छ