Blog

चिल्लो–गुलियो खाँदा होस पुर्‍याऔं

blog-detail-img
|
  Dec. 21, 2020
10482
Views

Click here to download mobile App

मिठाई बनाउन दूध, चिनी र विभिन्न प्रकारका तेल वा घ्युको प्रयोग गरिएको हुन्छ । दूधमा प्रसस्त बोसो र क्यालोरी हुन्छ । चिनीमा क्यालोरी र घ्युमा प्रशस्त बोसो हुन्छ ।

‘मिठाईमा शरीरलाई हानि गर्ने बोसो/चिल्लो र क्यालोरीको मात्रा बढी भएकाले धेरै प्रयोग गरिए रोगीलाई मात्र नभई स्वस्थ व्यक्तिलाई समेत हानि पुर्‍याउन सक्छ I

‘शुद्घ घिउको सट्टा वनस्पति घिउमा पकाइएको मिठाईलगायत परिकार अत्यन्तै हानिकारक मानिन्छन् ।’ वनस्पति घिउमा ट्रान्स फ्याटको मात्रा अत्यन्तै बढी भएकाले यसको प्रयोग हानिकारक हुन्छ ।

बिरामी मात्र नभएर सामान्य स्वस्थ व्यक्तिले त्यति मात्रामा स्वादिलो परिकार उपयोग गर्नु राम्रो हुन्छ जति उसले ती परिकारबाट पाएको क्यालोरीलाई शारीरिक परिश्रम, हिँडडुल आदि गरेर डढाउन सक्छ ।

मुटु, मधुमेह, मिर्गौला लगायतका दीर्घ रोगीहरूलाई यस्तो खानपानले विभिन्न समस्या मात्र देखिँदैन, मुटुको दुखाइलगायत अन्य स्वास्थ्य सम्बन्धी समस्यासँग समेत जुध्नुपर्ने स्थिति आउन सक्छ ।  

मिठाई सेवन गरेका मधुमेह रोगीले अन्य खानामा कटौती गर्दा स्थिति सहज हुन सक्छ । मिठाईको सौखिन मुटुको रोगीले बढी चिल्लो नहुने परिकार सेवन गर्नुपर्छ । अझ मोटोपनाबाट बाँच्न चाहनेहरूले मिठाई खाँदा विशेष ध्यान दिनैपर्ने हुन्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

मिठाई खाँदा उमेरको समेत ध्यान राख्नुपर्ने हुन्छ । – ‘चिनी नभएको दाबी गरिने मिठाई खाँदा समेत ढुक्क नहुनुस्, दाबी सही होइन ।’ 

मिठाइमा सुगर फ्री भएको दाबी गरिए पनि त्यसमा कोलेस्ट्रोल र क्यालोरीको मात्रा कम हुँदैन I  ‘स्वस्थ व्यक्तिले समेत सुगर फ्री भनिएको भए पनि केही बिगार नगर्ने भन्ने सोचेर प्रशस्त मात्रामा निर्धक्कसँग यस्ता मिठाई खानु हुँदैन ।’

उसो त अचेल समाजमा मधुमेह भएका आफन्तहरूका लागि सुगर फ्री दाबी गरिने मिठाईहरू कोसेली लग्ने चलन आइसकेको छ । तर मधुमेह रोगीले स्वाद फेर्न र उत्सवमा सरिक हुन मात्र सुगर फ्री मिठाई थोरै मात्रामा लिनुपर्छ ।’

सकेसम्म आफ्नो घरमै आफ्नो स्वास्थ्यको ख्याल गरेर बनाइएको मिठाई पकवान्न उपयोग गर्नु सबैभन्दा राम्रो हुन्छ ।  

सहज उपलब्धता विज्ञापन आदिले गर्दा लस्सी जस्ता हाम्रो स्वदेशी पेय पदार्थको स्थान कोल्ड ड्रिंकले लिन थालेको छ । यसको बढी प्रयोगले रगतमा कोलेस्टेरोल र सुगरको मात्र बढाउने बताउँछन् । यति मात्र नभई यसले मोटोपना समेत निम्त्याउँछ ।