Blog

हार्ट फेल्योर कारणहरु र यसमा गरिने जाँचहरुः

blog-detail-img
|
  April 25, 2022
1185
Views

मुटु कमजोर हुने धेरै कारणहरु हुन सक्छन् । व्यष्क मानिसमा देखिने कारणहरु मध्ये हृदयाघात वा कोरोनरी आर्टरी डिजिज नै प्रमुख हो । मुटुको मांसपेशीको रोग (Dilated cardiomyopathy) पनि एउटा प्रमुख कारण हो । यो रोग जुनसुकै उमेरका बिरामीमा देखा पर्नसक्छ, तर बृद्धावस्था र बालबालिकामा बढी भएको पाइन्छ । बालबालिकामा जन्मजात मुटुरोग र मुटुको मांसपेशी सम्बन्धी रोग नै हार्ट फेल्योरका प्रमुख कारणहरु हुन् । आजभोलि उच्च रक्तचापलाई पनि एउटा महत्त्वपूर्ण कारणको रुपमा मानिन थालिएको छ ।


लक्षणहरुको आधारमा हार्ट फेल्योरको शंका गर्न सकिन्छ । मुटुको इकोकार्डियोग्राफीलाई यो रोग सावित गर्ने प्रमुख जाँच मानिन्छ, तर छातीको एक्सरे र इ.सि.जी. बाट पनि प्रारम्भिक जाँच गर्नमिल्छ । एक पटक हार्ट फेल्योर सावित गरेपछि, यसको कारण पत्तालगाउन विभिन्न जाँचहरु गर्नुपर्छ । यसको लागि निम्नलिखित जाँचहरु गर्नुपर्ने हुन्छ । कहिलेकाँही एन्जिओग्राफी जाँचको समेत आवश्यकता हुनसक्छ ।