Blog

भिटामिन D कमीका लक्षणहरू

blog-detail-img
blog-detail-img
|
  Aug. 20, 2024
270
Views

परिचय:
भिटामिन डी स्वस्थ रहन शरीरलाई चाहिने एक पोषक तत्व हो । भिटामिन डी ले शरीरलाई क्याल्सियम र फस्फोरस प्रयोग गरि हड्‌डी र दाँतलाई बलियो बनाउन मद्दत गर्छ । यो फ्याट घुलनशील हुन्छ । संक्षिप्तमा भिटामिन डी लाई सनशाइन भिटामिन पनि भनिन्छ । हाल विभिन्न अनुसन्धान अनुसार भिटामिन डीको कमि ले गर्दा दीर्घ रोगहरु को बढ्दो जोखिम देखिन्छ ।

काम:
-रगतमा क्याल्सियम र फस्फोरसको मात्रामा मद्दत गर्दछ ।
-शरीरलाई क्यालिसयम अझ प्रभावकारी बनाउन मद्दत गर्दछ ।
-Inflammation कम गर्छ ।
-उचित क्याल्सियम र फस्फेट स्तर राख्न मद्दत गर्दछ ।

भिटामिन डी को कमी के कारणले हुन्छ ?
-सूर्यको किरणको लागि पर्याप्त एक्सपोजर नभएमा ।

-कालो छालाको रङ्न्यद्रव्य ।
-कुपोषण
-मृगौला वा कलेजोको दिर्घरोगीमा, पर्याप्त मात्रामा भिटामिन डी को प्रशोधन नहुनु ।
-भिटामिन डी को कमी वा बाल्यकालमा रिकेट्‌सको परिवारिक इतिहास ।

भिटामिन डी को कमी को लक्षण के हो ?
-मांसपेशी दुखाइ ।
-हड्डी दुखाइ ।
-हात वा खु‌ट्टा झमझम हुने, पोल्ने, निदाउने ।
-निद्राको समस्या
-थकान
-कपाल झर्नु
-भोक नलाग्ने
-मूड परिवर्तन
- संक्रमणको जोखिम बढ्‌ने

भिटामिन डी को जाँच कसले गर्ने अथवा कुन अवस्थामा गर्ने ?
-बढ्‌दो उमेरसँगै भिटामिन डी घटने भएकाले वृद्‌ध/वयस्क (older Adult) ले जाँच गर्ने ।
-घामको किरण संग कम एक्सपोजर भएको व्यक्तिले।
-कालो छाला भएको व्यक्तिमा भिटामिन डी को मात्रा कम हुने गर्दछ।
-मोटोपन भएका व्यक्तिले ।
-शाकाहारी व्यक्तिले ।
-प्रेगनेन्ट अथण स्तनपान गराउने महिलाहरुले जाँच गर्नु पर्दछ ।
-थकाई लाग्ने, जिउ गल्ने जस्ता लक्षण भएमा ।

भिटामिन डी पाउने खानाहरु ?
-अण्डाको पहेलो भाग
-माछा
-दूध, दही
-ब्रोकाउली
-बटर
-आँप
-रातो मासु
-मशरूम
-टोफु
-चिज
-एभोकाडो