Blog

माईग्रेन र टेन्सन हेडेक

blog-detail-img

माईग्रेन र टेन्सन हेडेक

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Jan. 4, 2021
2437
Views

Click here to download mobile App

माईग्रेन हेडेक:  

यो समस्या महिलामा वढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै देखिने कारण हार्मोनसंग संवन्धित भएको धारणा छ । पुरुषमा पनि माईग्रेन हेडेक १५ देखि ४० वर्षको उमेरमा बढी देखिन्छ । बृद्धा अवस्थामा यो समस्या कम देखिन्छ । ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टाउको दुखेमा अन्य कारण हुनसक्छ, त्यसैले न्यूरोलोजिष्टसंग जाँच गराउनुपर्छ । माईग्रेनको दुखाई धेरैजसो टाउकोको एकातिर हुनेगर्छ । दुखाई विस्तारै विस्तारै बढ्दै जान्छ । मुटुको चालसंगै टाउकोको नशा पनि ढुकढुक गरेको अनुभव हुन्छ । घाउ दुखे जस्तै दुख्ने गर्दछ । टाउको दुखाई बढ्दै जाँदा वाकवाकी र वान्ता हुनसक्छ । वान्ता भएपछि टाउको दुख्न कम हुनथाल्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

टाउको दुख्ने वेलामा उज्यालोमा वा घाममा जान ईच्छा हुँदैन । अँध्यारोमा एक्लै वस्ने र अरुले वोलेको मन नपर्ने आदि लक्षणहरु देखापर्न सक्छन् । सुतेर उठेपछि दुखाई कम हुनथाल्छ । धेरै विरामीलाई टाउको दुख्नुभन्दा केहीवेर अगाडि नै थाहा हुनसक्छ । यसलाई अउरा भनिन्छ । टाउको दुख्नेसंगै रिंगटापनि लाग्नसक्छ । माईग्रेनको टाउको दुखाईलाई ईपिसोडिक भनिन्छ । यसको अर्थ यो आउने र जाने हुन्छ । पुरै दुखाई केही घण्टाको मात्रै हुन्छ र २४ घण्टाभित्र ठीक भईहाल्छ । कहिलेकाहीँ मात्रै एउटा ईपिसोड २४ घण्टा घन्दा बढी हुन्छ ।

के गर्दा सुरु हुन्छ माईग्रेन हेडेक ?

माईग्रेनको विरामीले केही कुरामा संयम गर्नु जरुरी हुन्छ । खानपिन वा जीवनशैलीमा अनुशासन नभएमा माईग्रेन हेडेक पटकपटक हुनेगर्छ । त्यसैले प्रत्येक विरामीले माईग्रेनको अट्याकलाई कम गर्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

माईग्रेन हेडेक हुन नदिन गर्नुपर्ने कुराहरु : 

– खाली पेट धेरै वेर नवस्ने, 

– चिसोमा नवस्ने, गर्मीमा नहिँड्ने,

– चकलेट, क्रिम धेरै नखाने, 

– टाउको दुख्ने वित्तिकै पारासिटामोल खाने, 

– मानसिक तनाव कम गर्ने

टेन्सन हेडेक :

यो समस्या पनि धेरै मानिसलाई हुन्छ । माईग्रेनको तुलनामा यो पुरुषमा बढी देखिन्छ । यसमा एकनासले टाउको दुखी राख्ने हुन्छ । टाउको मन्द मन्द वा जोडले दुख्नसक्छ । कहिलेकाहीँ एउटै विरामीलाई माईग्रेन र टेन्सन हेडेक दुवै हुनसक्छ । टेन्सन हेडेक मानसिक तनावले मात्र हुँदैन । अरु कारणहरु पनि हुनसक्छ । टेन्सन हेडेक बिस्तारै सुरु हुने र बिस्तारै निको हुने गर्दछ । टेन्सन हेडेक दुखाईको तिव्रता माईग्रेन भन्दा कम हुन्छ।