Blog

धूमपानको धक्का

blog-detail-img

धूमपानको धक्का

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Jan. 24, 2021
6475
Views

Click here to download mobile App

तम्बाकुको सेवन धेरै प्रकारमा गरिएको पाइन्छ । जस्तैः चुरोट, बिडी, सिगार, हुका, सुँघ्ने, चपाउने (खैनी) आदि । जुनसुकै रूपमा यसको प्रयोग गरे पनि यो स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन सक्छ । आफ्नो स्वास्थ्यलाई सुरक्षित बनाउन तम्बाकुको सेवन बन्द गर्नु सबैभन्दा बुद्धिमानी निर्णय हो । संसारभरिमा ११ करोडजति चुरोट सेवन गर्ने मानिस छन् । जसमध्ये सबभन्दा बढी ३१ प्रतिशत युरोपेली र १० प्रतिशत अफ्रिकी क्षेत्रमा पर्छन् । विश्व स्वास्थ्य संगठनको एक रिपोर्टअनुसार बर्सेनि लगभग ६० लाख मानिसको मृत्यु तम्बाकुजन्य पदार्थ सेवनले हुने गर्छ र यो संख्या सन् २०२० मा १ करोड पुग्ने अनुमान छ ।

संसारभरिमै मुटु र रक्तनलीसम्बन्धी रोगहरूमध्ये २५ प्रतिशत व्यक्तिमा तम्बाकुका कारणले हुने गर्छ जसमध्ये १० प्रतिशत चुरोटले मात्रै हुने गर्छ ।धूमपानले रक्तनलीको भित्री भित्तामा कोलेस्टेरोल जम्मा गराउँछ । रगतलाई बाक्लो बनाएर जम्ने सम्भावना बढाउँछ । नराम्रो कोलेस्टोलको मात्रा रगतमा बढाउँछ र राम्रो कोलेस्टे्ररोल घटाउँछ । यसले मुटुका रक्तनलीलाई साँघुरो बनाउन सक्छ । निकोटिनले मुटुको धड्कनको गति र रक्तचाप पनि बढाउँछ । धूमपानले हुने यस्ता परिवर्तनले गर्दा मुटुको रक्तनलीमा रगत जमेर मुटुको रक्तसञ्चारमा बाधा पुग्छ अनि हृदयाघात हुन्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

बि्रटेनको एक अध्ययनअनुसार ३० देखि ५० वर्ष उमेर भएको चुरोट सेवन गर्ने व्यक्तिलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेभन्दा ५ गुणा बढी हुन्छ । अमेरिकामा प्रत्येक ५ मध्ये १ व्यक्तिको मृत्यु, चुरोटको सेवनले हुने गर्छ । जनसमुदायलाई चुरोटबाट फोक्सोको क्यान्सर हुन्छ भन्ने कुरा मात्रै लाग्न सक्छ, तर चुरोट सेवन गर्ने मानिसमा हृदयाघात र स्ट्रोक (पक्षाघात) हुने सम्भावना क्यान्सरभन्दा बढी हुन्छ । चुरोटले हृदयाघात निम्त्याउँछ भन्ने तथ्य सन् १९४० मा पहिलोचोटि प्रमाणित भएदेखि, प्रशस्त वैज्ञानिक प्रमाणले चुरोट र हृदयाघातको सीधा सम्बन्ध देखाएको छ ।

सानै उमेरदेखि (२० वर्षभन्दा मुनि) धूमपान सेवन गरेमा मुटुमा झन् ठूलो खतरा हुन्छ । धूमपानबाट पुरुषभन्दा बढी महिलालाई हृदयाघातको खतरा हुन्छ । धूमपानबाट हुने खतरा सीधा उपभोग गरेर मात्रै होइन कि, चुरोट प्रयोग गर्दा निस्केको धूवाँले अरूलाई पनि हानि गर्न सक्छ । यसलाई 'पेसिभ स्मोकिङ' भनिन्छ । अमेरिकामा बर्सेनि ६२ हजार मानिसको मृत्यु 'पेसिभ स्मोकिङ' का कारणले मुटुरोग हुने गर्छ । सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सनको रिपोर्टअनुसार एचआईभी, लागूपदार्थ दुव्र्यसन, मदिरापान, मोटर दुर्घटना, आत्महत्या र मर्डरलाई सँगै मिलाएर हुने बर्सेनि मृत्युभन्दा एक्लै बढी मृत्यु तम्बाकुजन्य पदार्थ सेवनले हुने गर्छ ।

धूमपानले शरीरका महत्त्वपूर्ण अंगमा नकारात्मक असर गर्छ  । जस्तो, यसबाट मुटु र रक्तनलीसम्बन्धी रोगहरू, स्ट्रोक-ब्रेन अटेक), क्यान्सर, फोक्सोको रोग (दम, ब्रोन्काइटिस), गर्भवती महिलामा बाँझोपन, गर्भपतन, कम वजन भएको बच्चाको जन्म, बच्चाको अचानक मृत्यु र हाडजोर्नी कमजोर भएर सजिलैसँग हड्डी भाँचिने (फैक्चर हुने) आदि । चुरोट सेवन बन्द गर्दा हुने स्वास्थ्यलाभ पूर्णतया वैज्ञानिक तथ्यका आधारमा हो । चुरोट सेवन बन्द गर्ने बेलादेखि नै स्वास्थ्यलाभ सुरु हुन थाल्छ । हृदयाघात र स्ट्रोक -पक्षाघात) को सम्भावना, चुरोट बन्द गरेको दिनदेखि नै घट्न थाल्छ ।

यसबाट तपाईंलाई अन्य स्वास्थ्यलाभ जस्तै क्यान्सर र फोक्सोसम्बन्धी रोगहरूको सम्भावना पनि घटाउँछ । केही अध्ययनहरूका आधारमा चुरोट बन्द गरेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै सेवन नगरेको व्यक्तिजतिकै हुन जान्छ । बि्रटेनमा चिकित्सकहरूमा गरिएको ५० वर्षको रोचक अध्ययनमा चुरोट बन्द गरेका बेलाको उमेर ३५ देखि ४४ को बीचमा हुँदाखेरि, चुरोट बन्द गर्ने र कहिल्यै पनि चुरोट नखाने मानिस उत्तिकै वर्षसम्म बाँचे । त्यसैले तपाईंले पहिला जति चुरोटको सेवन गरेको भए पनि यसलाई बन्द गर्नु कहिल्यै ढिलो हुँदैन । बरु आजैदेखि बन्द गर्नुस् ।