Blog

काजु (Cashew Nut) को फाईदा

blog-detail-img

काजु (Cashew Nut) को फाईदा

Dr. Om Murti Anil, Senior Cardiologist

|
  Dec. 23, 2020
24603
Views

Click here to download mobile App

ड्राइ फ्रुटलाई स्वास्थ्यको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा कार्बोहाइड्रेट  थोरै र प्रोटिन बढी भएको हुनाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाईदाजनक मानिन्छ । ड्राइ फ्रुटमा Essential fatty acid र unsaturated fat पनि धेरै हुन्छ । ड्राइ फ्रुटलाई मुटुको लागि राम्रो मानिन्छ ।

ड्राइ फ्रुटमा प्रशस्त एन्टिअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउछ । ड्राइ फ्रुटमा पाइने unsaturated fat ले ह्दयाघात तथा अन्य रोगहरुबाट बचाउछ ।  तर यस्ता ड्राइ फ्रुटमा क्यालोरी पनि धेरै भएकोले धेरै खाएमा तौल बढ्न सक्छ र यसले बेफाइदा पनि गर्नसक्छ ।

१ देखि २ मुठी ड्राइ फ्रुटमा दिनहु खाएमा स्वस्थकर हुन्छ ।

काजु (Cashew Nut) को  फाईदा

काजुमा Monounsat urated fatty acid (oleic and palmitoleic acids) हरु पाईन्छ, जसले मुटुलाई फाईदा गर्छ । काजुले LDL घटाउने र HDL बढाउने हुनाले, यो हाम्रो स्वास्थ्यको लागि फाईदाजनक हुन्छ । काजुमा पाइने Zea-xanthin रसायनले आखालाई स्वस्थ बनाई राख्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

तर यसमा बढी मात्रामा क्यालोरी पाईने हुनाले एक दिनमा ५ देखि १० वटा भन्दा बढी खानु हुदैन । यसमा Sodium को मात्रा बढी हुनाले उच्च रक्तचापको बिरामीले यो धेरै खानु हुदैन  । अरु ड्राइफ्रुटको तुलनामा काजुमा सैचुरेटेड Fat बढी हुन्छ ।

यसमा भिटामिन A, B, C र खनिज तत्वहरु पनि पाइन्छ ।