Blog

के मसला साँचिकै स्वास्थ्यको लागी हानिकारक हो ?

blog-detail-img
|
  Dec. 24, 2020
25059
Views

Click here to download mobile App

मसलाको बारेमा हाम्रो समाजमा धेरै गलत धारणाहरु विद्यमान छन् । मसला  हानिकारक हो, खानु हुन्न, जस्ता धारणहरु गलत पनि हुनसक्छ । हाम्रो जानकारी अनुसार जुनसुकै प्राकृतिक खानालाई उचित तरिकाले पकाएर प्रयोग गरिएमा स्वास्थ्यलाई हानिको सट्टा फाइदा नै गर्दछ ।

मसलाहरु पूर्णतया प्राकृतिक खानेकुरा हुन् । मिसावट रहित मसला पूर्णरुपले प्राकृतिक भएकोले स्वास्थ्यलाई फाइदा नै पुरयाउछ । प्रत्येक मसलाको आफ्नै महत्वहरु हुन्छन् । यस्ता मसलाले कुनै न कुनै रुपले हाम्रो स्वास्थ्यमा सकारात्मक असर गरेको हुन्छ ।

तर धेरै मसलाको प्रयोग गरेमा वा यसलाई धेरै बेरसम्म प्रशस्त तेल वा घ्यूसँग भुटेमा, यसमा भएको  लाभकारी पदार्थ नष्ट हुनसक्छ र शरीरलाई हानि पनि गर्न सक्छ । विशेष गरी धेरै मसला र तेलको प्रयोग आमाशयलाई हानि पुरयाउन सक्छ र ग्यास्ट्राइटिसको समस्या देखापर्न सक्छ ।

हाम्रो जानकारीमा मसलाको उचित प्रयोगले मुटुलाई हानि गर्दैन । खानालाई स्वादिष्ट बनाउन मसला र कागतिको प्रयोग गरेर नुनको प्रयोगमा कटौति गर्नु मुटुरोगीकोलागि फाइदाजनक हुनसक्छ । स्वस्थ मानिसकोलािग पनि यस्तो खानेकुरा फाइदाजनक हुन्छ ।

प्राचिन कालदेखि नै हाम्रो सभ्यता र संस्कृतिमा मसलाको प्रयोग विभिन्न रुपमा  हुदै आएको छ । हाम्रो पूर्वजहरुमा उच्च रक्तचाप, मधुमेह र मुटुरोगको प्रकोप थोरै भएको हामी सबैलाई थाहा भएकै कुरा हो ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

त्यसैले यी प्राकृतिक खानेकुरालाई नकारात्मक दृष्टिले हेर्नुको सट्टा प्रयोगमा ल्याउनु जरुरी देखिन्छ । तर यसको शुद्धता, मात्रा र प्रयोगको तरिकामा ध्यान दिनु आवश्यक हुन्छ । आयुर्वेद शास्त्रमा पनि विभिन्न मसलाहरुको स्वास्थ्यलाभ  वर्णन गरिएको छ ।

प्रत्येक मसलाको आफ्नै महत्वभएको पाइछ । मसलाको उचित प्रयोग गरेमा, यसले फाइदा गर्दछ । मसलाले  हानिगर्छ भन्ने धारण गलत हुनसक्छ । मसलालाई धेरै तेलमा, धेरै बेरसम्म भुटेर वा धेरै नुन हालेर प्रयोग गरिएमा फाइदाको सट्टा हानि पनि गर्नसक्छ ।

त्यसैले मसलाको प्रयोग खानामा सही मात्रामा उचित तरिकाले गर्नु पर्दछ ।