Blog

मोटोपना भएको कसरी थाहा पाउने

blog-detail-img

मोटोपना भएको कसरी थाहा पाउने

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist How to find obesity

|
  Jan. 4, 2021
1774
Views

Click here to download mobile App

मोटोपना थाहा पाउने धेरै तरिकाहरु छन् । यसको लागि तपाईं आफ्नाे तौल (किलो ग्राममा) नाप्नुहोस । तपाइको उचाई कति छ ? सेन्टिमीटर वा मीटरमा पत्ता लगाउनुहोस् । कम्मर र हिप वरिपरि कति मोटाइ छ ?  नाप्नुहोस । यी नापहरु थाहा पाइसकेपछि मोटोपना भए नभएको सजिलैसग पत्तालगाउन सक्नुहुन्छ । 

बडी मास इन्डेक्स (Body Mass Index)

BMI एक यस्तो अंक हो, जुन मानिसको वजन र उचाईबाट निकालिन्छ । यो मोटोपना पत्ता लगाउने एउटा भरपर्दो मापदण्ड हो । बि‍.एम.आई. २५ भन्दा बढी भएको व्यक्तिलाई मुटु र रक्तनली सम्बन्धी रोगहरु लाग्ने खतरा हुन्छ । जस्तै ६५ किलोग्राम तौल भएको र १.६५ मिटर उचाई भएको व्यक्तिको बि.एम.आई. निकाल्दा, ६५÷१.६५ x १.६५ =  २३.९० हुन्छ ।

 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

Ideal Body Weight (IBW)

तौल ठीक भए नभएको पत्तालगाउन आफ्नाे उचाई से.मी. बाट १०० घटाउनुहोस् । तपाईंको तौल (के.जी.) यो भन्दा कम हुनुपर्छ । जस्तै १६५ से.मि उचाई भएको मानिसको तौल ६५ के.जी. भन्दा कम हुनुपर्छ । उचाई (से.मि) – १०० =  १६५ – १०० = ६५ के.जी. ।

Waist Hip Ratio (WHR)

वेस्ट हिप रेसियो पत्तालगाउन आफ्नाे कम्मरको मोटाई नाईटोको वरिपरि लिनुपर्छ र Hip को मोटाई सबैभन्दा फराकिलो ठाउमा लिनुपर्छ । यदि तपाईंको कम्मरको मोटाई ८५ सेन्टिमीटर  र हिपको मोटाई १०० सेन्टिमीटर छ भने तपाईको वेस्ट हिप रेसियो ०.८५ हुन्छ । जुन सामान्य हो ।