Blog

कस्तो लक्ष्यण देखिएमा सुगरको जाँच गराईहाल्नु पर्दछ ?

blog-detail-img
blog-detail-img
|
  Aug. 20, 2024
176
Views

रगतमा सुगरको मात्रा कति छ भनेर गरिने जाँच ।
 

यसमा के के पर्दछ ?
१. खाली पेटमा सुगर जाँच ( FBS )
२. खानाको २ घण्टा पछिको सुगर जाँच ( PPBS )
३. जुनसुकै बेलाको सुगर जाँच ( RBS )
४. ग्लाइकोसाइलेटेड हेमोग्लोबीन ( HBA1C )


१. खाली पेटमा सुगर जाँच(FBS) :- १२ घण्टासम्म केहि पनि नखाएर गरिने रगतको जाँच ।
-सामान्य :- १०० भन्दा कम

 

२. खानाको २ घण्टा पछिको सुगर जाँच(PPBS) :- खाना खाएको २ घण्टा पछि गरिने रगतको जाँच ।
-सामान्य :- १४० भन्दा कम

 

३. जुनसुकै बेलाको सुगर जाँच(RBS) :- उपवास नबसेर जुनसुकै बेला गरिने रगतको जाँच ।
- सामान्य :- २०० भन्दा कम

 

४. ग्लाइकोसाइ‌लेटेड हेमोग्लोबीन(HBA1C) :- शरीरमा पहिलो ३ महिनामा सुगरको औसत मात्राको रजाँच।
-सामान्य :- ५.७ भन्दा कम

कसले गर्ने ?

उच्च रक्तचाप
मोटोपना
पारिवारिक मधुमेह रोगी भएको
अस्वस्थ व्यक्ति
स्टेरोइड औषधी
छिनछिनमा पानी तिर्खा लाग्ने ( Polydipsia )
छिनछिनमा पिसाब लाग्ने ( Polyuria )
छिनछिनमा भोक लाग्ने ( Polyphagia )
PCOD
गर्भवती महिला
चुरोट सेवन गर्ने
मुटुरोगी
साधारणतया स्वास्थ वयस्क व्यक्तिले वर्षमा एक पटक गर्नुपर्छ ।
मधुमेह (मधुमेह रोगीले डाक्टरको सल्लाह अनुसार पटक पटकमा जाँच गराउनु पर्छ ।)