Blog

उच्च रक्तचापको निदान र उपचारमा ए. बि. पी. जाँचको आवश्यकता

blog-detail-img
blog-detail-img
|
  Aug. 20, 2024
218
Views

ABP जाँच के हो र कसले गर्ने ?

ABP भनेको त्यस्तो विधि हो जहाँ बिरामीको रक्तचापलाई उनीहरुको दैनिक गतिविधिहरुको क्रममा नापिन्छ। ABPM सामान्यतया २४ घण्टाको अवधिमा नापिन्छ । यसले बिरामीको रक्तचाप दिनभरि र रातभर कसरी परिवर्तन हुन्छ भने व्यापक चित्र दिन्छ। जसले उच्च रक्तचाप जस्ता अवस्थाहरुको पहिचान र व्यवस्थापनमा मद्दत गर्छ ।

कसलाई गर्ने ?

-जुन व्यक्तिमा रक्तचाप कहिले बढ्ने र कहिले घट्ने समस्या छ ( B.P fluctuation) ।

-घरमा नाप्दा सामान्य तर अस्पतालमा नाप्दा उच्च रक्तचाप देखिने व्यक्तिमा (white coat Syndrome) ।
-औषधी सेवन गर्दा पनि रक्तचाप नघट्ने व्यक्तिमा ।