Blog

होल बडी चेकअप

blog-detail-img
blog-detail-img

होल बडी चेकअप

Cheapest price Whole Body Test Package Kathmandu

|
  Aug. 30, 2024
305
Views

Whole Body Check / Full Body Check / Health Packages

होल बडी चेकअप 

होल बडी चेकअप आफैमा एउटा वैज्ञानिक भाषा होइन l किनकि होल बडी चेकअप गर्न जरुरी हुँदैन र असम्भव पनि हो।  तर एउटा सामान्य र आफूलाई स्वस्थ मान्ने व्यक्तिले शरीरका महत्वपूर्ण अङ्गहरू जस्तै मुटु, कलेजो, फोक्सो आदिको समयसमयमा स्वास्थ्य जाँच गरिरहनु पूर्णता वैज्ञानिक कुरो हो।


→ होल बडी चेकअप अर्थात सम्पूर्ण शरीरको चेकअप भनेको कुनै पनि व्यक्तिको महत्वपूर्ण अंगहरुको (जस्तै मुटु, कलेजो, मृगौला, फोक्सो) चेकअप अथवा डायग्नोस्टिक  स्क्यान (diagnostic scan) हो। यसले तपाईको हालको स्वास्थ्य स्थिति मूल्या‌कन गर्न र तपाईको शरीरमा कुनै समस्याको संकेत थाहा पाउन मद्दत गर्दछ । यसले हृदय रोग, स्वासप्रश्वासका रोग,क्यान्सर, मधुमेह, उच्च रक्तचाप, पाचन समस्याहरुका लक्षणहरू भएमा समय‌मै सचेत गराउन मद्दत गर्छ।
- हरेक व्यक्तीले आफ्‌नो स्वाथ्य अवस्था थाहा पाउन र कुनै रोगको सम्भावना को बारेमा थाहा पाउन वार्षिक एकपटक स्वास्थ्य चेकअप (Annual Health Check UP) गर्नुपर्छ।यसले नराम्रो बानीजस्तै चुरोट मदिरा मोटोपन बाट उत्पन्न हुने गम्भीर रोगहरू को चेतावनी पनि दिन सक्छ र स्वास्थ्य जिवनशैली अपनाउन प्रेरित पनि गर्दछ। यो वैज्ञानिक र व्यवहारिक पनि हो l 

    फाइदाहरु:
-हामी कति स्वस्थ्य छौ भन्ने बुझ्न सकिन्छ ।
-अधिकांश नसर्ने रोगहरू  र दीर्घकालीन रोगहरू जसको कुनै पनि लक्षणहरू देखिएका हुँदैनन्  त्यस्ता रोगहरू छिटै र सस्तोमा पत्ता लागि त्यसको समयमै  उचित  उपचार गर्नमा सजिलो हुन्छ। 

- लक्षणहीन रोगहरू  जस्तै रक्त अल्पत्ता ,पित्तथैली/ मृगौलामा पत्थरी, कलेजोमा धेरै बोसो जम्मा भएको, उच्च रक्तचाप, मधुमेह, मृगौलाको स्थिती  जुन समस्याले यदि समयमै उपचार नपाएमा धेरै ठूलो समस्या निम्त्याउन सन्क्छ,त्यस्ता समस्याहरु समयमा थाहा पाउन मद्दत गर्दछ।
-फोक्सो, रगतको जाचॅं‌ले हेपाटाइटिस, क्षयरोग जस्ता कुनै संक्रामक रोगको सम्भावना  थाहा पाउन सकिन्छ।
- यसले क्यान्सर जस्ता गम्भीर रोग समयमै पत्ता लगाउन मद्दत गर्दछ। यसको प्रारम्भीक चरणमै पत्ता लगाउन सकिएमा उपचार (पूर्ण) गर्न सकिने र विरामीको जिवनकाल सुधार गर्नमा मद्दत गर्दछ।
- यसले तपाइको तौल,BMI, BP, सुगर, कोलेस्ट्रोलको बारेमा जानकार गराउँछ। स्वास्थय जिवनको लागी सबैकुराहरु सामान्य दायारामा राख्न जुरुरी हुन्छ । जाचॅं गरीसके पछि  सबै रिपोर्टहरु डाक्टरसॅंग सल्लाह गर्न सकिन्छ । डाक्टरसॅंग  को परामर्श पनि यहि जाचॅंको एक भाग हो । डाक्टरसँगको परामर्शको क्रममा स्वास्थय समस्याहरु र लक्षणहरु बिस्तारमा वर्णन गर्न सकिन्छ। तपाईका स्वस्थ्य जिवनका वारेमा प्रश्न र समस्याहरु छलफल गर्न अवसर पनि प्राप्त हुन्छ। 

*  यदि हजुरको पहिलेनै कुनै रोग छ, वा परिवारमा कुनै रोगको इतिहास छ वा हजुरको अस्वस्थ र त्यस्ता जिवनशैली छ भने आफ्‌नो स्वास्थ अवस्थाको बारेमा थाहा हुन झनै जरूरी हुन्छ।
*  वर्तमानको तिव्र गतिशील जीवनशैलीका कारण हामी सबै अत्यन्त तनावपू‌र्ण र छिटो जीवनशैलीमा बाँचेका छौ। यसले अन्तत हृदयरोग, दम, मधुमेह, टाउकोको दुखाई, डिप्रेसन जस्ता स्वास्थय समस्याहरु उच्च दरमा परिणत हुन्छन। त्यसैले,कनै पनि रोगको आरम्भ रोक्नको लागी तपाईको शरीरको जाचॅं नियमित रुपमा हुन जरुरी देखिन्छ।*  रोगको पूर्व- रोकथामको लागी स्वास्थ्य स्थितीको चेकअप  नै सर्बोतम समाधान साबित हुन सक्छ l
*  रोग लागेर उपचार गर्नुभन्दा पहिला नै रोगको समयमै पत्ता लागि रोकथाम गर्नु राम्रो र सस्तो हो। 

  जाँचहरुः
- चिकित्सक द्वारा गरिने शारिरीक परीक्षण
- क्लिनिकल मूल्याङ्कन
- रगतको परीक्षण : कोलेस्ट्रोल ,रगतको मात्रा, सुगर, मृ‌गौला, कलेजो आदि अंगको परिक्षण
- एक्सरे, अल्ट्र‌ासाउन्ड जस्ता इमेजिङ परिक्षण जसबाट पथरी प्रोस्टेट पाठेघर अण्डाशयका बारेमा हुन्छ
- ECG, Echo जस्ता मुटुका परिक्षण
- उमेर र लिङ्ग‌को आधारमा क्यान्सर रोगको परिक्षण
- उमेर, जिवन‌शैली र जोखिम कारक र लक्षणका आधारमा  Thyroid, vitamin D, vitamin B12 आदिको परिक्षण ।
- युरिक एसिड
- म्यामोग्राम (महिला को लागी)
- PAP Smear (प्याप स्मियर)