Blog

प्रयोग गरिसकेपछि तेललाई पुनः तताएर प्रयोग गर्नु हुदैन् ।

blog-detail-img
|
  Jan. 4, 2021
1348
Views

Click here to download mobile App

एकपटक प्रयोग गरिसकेपछि तेललाई पुनः तताएर प्रयोग गर्नु हुदैन् 

तेललाई पटक पटक तताउदा अल्डिहाइड (Aldehyde) नाम गरेको टोक्सिन(Toxin) उत्पन्न हुन्छ । यस्तो तेलको सेवन गरेपछि यसमा भएका टोक्सिन (Toxin)  हरुले शरीर भित्रको प्रोटिन, एन्जाइम र हर्मोनसित प्रतिकृया गरेर स्वास्थ्यलाई धेरै हानी पुर्याउन सक्छ । सूर्यमुखीको तेल, भटमासको तेललाई पटक पटक तताउदा राम्रो Unsaturated Fat नराम्रो Trans Fat मा परिणत हुनसक्छ । 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

ट्रान्स फ्याट एक प्रकारको Unsaturated Fat हो, जसले नराम्रो कोलेस्ट्रोल (LDL Cholesterol) लाई बढाएर राम्रो कोलेस्ट्रोल (HDL) लाइ घटाएर मुटुमा ब्लोकेज (Coronary Heart Disease) हुने सम्भावना बढाउछ । ट्रान्स फ्याट चाहिं Saturated Animal Fat  भन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा रगत जम्ने सम्भावना बढाउछ । तेललाई पटक पटक तताउदा एक प्रकारको  4-Hydroxy-Trans-2-nonenal (HNE) नाम गरेको टोक्सिन (Toxin) बन्छ, जसले गर्दा मुटुरोग, स्नायुरोग, कलेजोको रोग, क्यान्सर आदिको खतरा बढ्न सक्छ ।