Blog

तोरी, सुर्यमुखी र ओलिभ आयलका फाईदा र बेफाईदाहरु

blog-detail-img
|
  Jan. 4, 2021
19755
Views

Click here to download mobile App

कुनै पनि खानेतेल किन्नु भन्दा अगाडि यसमा ३ वटा कुराहरुको मात्रा हेर्नुपर्छ । पहिलोः सैचुरेटेड फ्याट, दोस्रोः पोली अनसैचुरेटेड फ्याट र मोनो अनसैचुरेटेड फ्याट । सैचुरेटेड फ्याट ले स्वास्थ्यलाई हानि पुर्याउछ, त्यसैले यसको मात्रा जति कम भए राम्रो हुन्छ । मोनो अनसैचुरेटेड फ्याटले शरीरलाई फाइदा गर्दछ, त्यसैले यसको मात्रा बढी हुनु राम्रो मानिन्छ । पोली अनसैचुरेटेड फ्याट को मात्रा बढी हुनु पनि राम्रो हो । मोनो अनसैचुरेटेड फ्याट लाई पोली अनसैचुरेटेड भन्दा राम्रो मानिन्छ । सैचुरेटेड र ट्रान्स फ्याट स्वास्थ्यकोलागि हानिकारक हुने भएकोले यसको मात्रा जति कम भए राम्रो हुन्छ ।

ओलिभको तेल (Olive Oil)

यो तेल ओलिभको दानाबाट उत्पादन गरिन्छ । यो तेल धेरै महँगो हुन्छ । सुर्यमुखीको तेल भन्दा लगभग ३,४ गुणा महँगो हुन्छ । यो तेलको प्रयोग खाना, सौन्दर्य, औषधि, साबुन उत्पादन, शरीरको मसाज आदिमा गरिन्छ । यो तेल संसारभरीमै प्रयोग गरिन्छ । यो तेल मुख्यतयाः Oleic Acid, Palmitic Acid, Fatty Acid  मिसावटबाट बनेको हुन्छ । यसमा तोरीको तेल जस्तै माेनाेअनसैचुरेटेड फ्याटको मात्रा पोली अनसैचुरेटेड फ्याट भन्दा बढी हुन्छ । पोषण तत्वको दृष्टिकोणले तोरीको तेल र ओलिभको तेल उस्तै उस्तै भएको पाइन्छ । तर तोरीको तेल भन्दा यो धेरै नै महँगो हुन्छ ।

तोरीको तेल (Mustard Oil)

यो तेल तोरीको बीउबाट उत्पादन गरिन्छ । यसमा ६० देखि ७० प्रतिशत मोनो अनसैचुरेटेड फ्याट हुन्छ । यसमा १५ देखि २०% पाेली अनसैचुरेटेड फ्याट  र १० देखि १५% सैचुरेटेड फ्याट हुन्छ । तोरीको बीउमा प्रशस्त Omega 3 Fatty Acid, Iron, Zinc, Calcium आदि तत्वहरु पाइन्छन्, जुन स्वास्थ्यको लागि लाभकारी मानिन्छ । तोरीको तेलमा Omega 6 र Omega 3 को अनुपात सर्वोत्तम भएको तथ्य प्रमाणित छ । यो अनुपात राम्रो भएको खानेकुरा मुटुकोलागि अत्यन्तै स्वस्थकर मानिन्छ र यसले मुटुमा ब्लोकेज हुनबाट जोगाउछ । ओलिभ तेल भन्दा पनि तोरीको तेलमा  Omega 6   र Omega 3 को अनुपात राम्रो भएको पाइन्छ । आयुर्वेदको अनुसार यो तेललाई शरीरको मसाज गर्न र Antibacterial को रुपमा प्रयोग गरिन्छ । यसले शरीर बलियो बनाउनुको साथै रत्तसञ्चारमा सुधार ल्याउछ भन्ने धारणा छ ।

 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

विदेशमा गरिएको अध्ययनमा यो तेललाई नराम्रो बताइएको छ । तर यसमा पाईने पोषण तत्वहरु ओलिभको तेल सग मिल्दो जुल्दो भएको पाइन्छ । हाम्रो संस्कृतिमा तोरीको तेलको प्रयोग हजारौं वर्षदेखि भइ आएको छ र मुटुरोग पनि हाम्रो पूर्वजमा अत्यन्तै कम भएको सबैलाई थाहा भएकै कुरा हो । तोरीको तेललाई व्यापारको हिसावले तल्लो श्रेणीको देखाइएको मात्रै हुनसक्छ । हाम्रो देशमा सजिलैसग र सस्तो पाइने तोरीको तेल, जुन स्वास्थ्यकोलागि फाइदाकारी भएपनि अन्य विदेशी तेलहरुको प्रयोग हुनु स्वास्थ्यलाई मात्रै होइन देशको अर्थिक अवस्थालाई समेत असर गरेको छ ।

सूर्यमुखीको तेल

यो तेल सूर्यमुखीको बिउबाट उत्पादन गरिन्छ । यो स्वादमा हल्का हुन्छ र यसमा धेरै भिटामिन E पाइन्छ । यसमा प्रशस्त मोनो अनसैचुरेटेड फ्याट र पोली अनसैचुरेटेड फ्याट  पाइन्छ । यसमा धेरै कम सैचुरेटेड फ्याट हुन्छ । अहिले यो तेलको प्रयोग बढ्दै गएको छ, किनभने यो शरीरको लागि फाईदाजनक हुन्छ भन्ने धारण छ । तर यसको धेरै प्रयोग गर्नाले विभिन्न स्वास्थ्य समस्याहरु सृजना हुनसक्छ । 

यो तेलमा पनि फ्याट बढी हुने भएकोले र फ्याटले प्रशस्त क्यालोरी प्रदान गर्ने हुनाले यसको धेरै प्रयोग गर्नु हानिकारक हुन्छ । हुनत यसले शरीरमा नराम्रो कोलेस्ट्रोल त्यति बढाउदैन, तर धेरै प्रयोगले मोटोपनाको सम्भावना बढाउन सक्छ । यो तेलको एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्नु हुदैन । अर्थात सूर्यमुखी तेललाई Reuse and Reheating  गर्नु हुदैन । 

यो पनि पढ्नुहोस्............

  1. 1. खाने तेल के को आधार मा रोज्ने
  2. 2. प्रयोग गरिसकेपछि तेललाई पुनः तताएर प्रयोग गर्नु हुदैन् ।