Blog

ह्दयाघात (Heart attack) को प्रमुख उपचार

blog-detail-img

ह्दयाघात (Heart attack) को प्रमुख उपचार

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Jan. 4, 2021
1837
Views

Click here to download mobile App

बन्द भएको कोरोनरी आर्टरीलाइ खोल्नु र रक्त प्रवाहलाई पुनः सञ्चालन गर्नु नै ह्दयाघातको प्रमुख उपचार (Treatment of Heart Attack) हो । रक्तप्रवाहलाई जतिसक्दो चाँडो र पूर्ण रुपमा सञ्चालन गर्नु महत्वपूर्ण कदम मानिन्छ । बन्द भएको नलीलाई २ तरिकाले खोल्न सकिन्छ । प्रथमः औषधि र दोस्रोः एन्जिओप्लास्टी । कुन बिरामीलाई औषधि र कुन बिरामीलाई एन्जिओप्लास्टी उपचार गर्ने हो, यसको निर्णय उपचारमा संलग्न चिकित्सकले धेरै कुराहरुमा बिचार गरेर गर्नुपर्ने हुन्छ । 

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

Angioplasty भन्नाले कोरोनरी आर्टरीमा तार छिराएर बैलुन र स्टेन्टको मद्दतले रक्तप्रवाह सुचारु गर्ने बुझिन्छ । औषधिले आर्टरीमा भएको Clot लाई पगालेर रक्तप्रवाह सुचारु गर्छ । दुबै तरीकाको आ–आफ्नै फाइदा र बेफाइदा हुने भएकाले उपचारमा संलग्न विशेषज्ञले नै आफ्नो बिरामीको लागी उपयुक्त तरिका छान्ने गर्दछन् ।

 तर सुबिधा भएको ठाउँमा एन्जिओप्लास्टी नै सर्वोत्तम उपचार मानिन्छ । कुनै कारणवश एन्जिओप्लास्टी गर्न नमिल्ने अवस्था भएमा बिरामीलाई औषधिद्वारा नै उपचार (Thrombolysis) गरिन्छ ।