Blog

मुटुरोगबाट जोगिन खानपिन र जीवनशैलीको महत्त्व

blog-detail-img
|
  Jan. 4, 2021
7629
Views

Click here to download mobile App

खानपिन र जीवनशैलीमा सुधार ल्याएर ८० प्रतिशत भन्दाबढी मुटु र रक्तनली सम्बन्धी रोगहरुबाट बच्न सकिन्छ । मुटुरोगले समस्त मानवजातिलाई नै आफ्नो चपेटामा लिराखेको बेलामा, खानपिन र जीवनशैलीमा सुधार ल्याउनुलाई नै यो रोगको रोकथामको सर्वोत्तम उपाय मानिन्छ । उच्चरक्तचाप, मधुमेह, उच्चकोलेस्ट्रोल, मुटुरोग आदिको लागि प्रयोग गरिने औषधिहरुले रक्तचाप, सुगर वा कोलेस्ट्रोल मध्ये एकलाई मात्र नियन्त्रण गर्दछ । अर्थात सुगरको औषधिले प्रेसर घटाउदैन र प्रेसरको औषधिले सुगर घटाउदैन ।

तर खानपिन र जीवनशैलीको असर सुगर, रक्तचाप, कोलेस्ट्रोल, तौल, मुटु, मस्तिष्क, हाडजोर्नी र मानसिक अवस्था लगाएत सम्पूर्ण स्वास्थ्यमै सकारात्मक परिवर्तन गर्ने भएकोले प्रत्येक व्याक्तिले रोगको नियन्त्रणको लागि र रोग हुनबाट बच्न समेत औषधि भन्दा खानपिन र जीवनशैलीमै बढी जोड दिनु आवश्यक हुन्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

प्रसिद्ध धार्मिक ग्रन्थ गितामा पनि भगवान श्रीकृष्णले भन्नु भएको छ ,

“युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।

युक्तस्वप्नावबोधस्य योगो भवति दुःखहा ।। १७ ।।

यसको अर्थ जुन व्यक्तिको आहार, निद्रा, कर्म र जीवनशैली राम्रो र अनुशासित हुन्छ, उसले योगाम्यासद्वारा सम्पूर्ण संसारिक दुःखबाट मुक्त हुनसक्छ ।

नेपालको शहरी क्षेत्रमा र विशेष गरेर बालबालिका र युवाहरुमा फास्टफुड र मांसाहारी खानाको चलन बढ्दै गएको देखिन्छ । तर विकसित राष्ट्रहरुमा आजभोलि शाकाहारी खानाको प्रयोग र वनस्पतिबाट प्राप्त हुने खानाको उत्पादन बढ्न थालेको छ ।अमेरिकामा सन् २००६ मा गरिएको राष्ट्रव्यापि अध्ययनमा १.४ प्रतिशत मानिसहरु पूर्ण शाकाहारी (दुध पनि नखाने) भएको पाइएको छ । विशेष गरेर युवा र महिलामा शाकाहारी हुने रुचि बढेको देखिन्छ । शाकाहारी खानाको विशेषताको बारेमा बढ्दो जानकारीले होला, विकसित राष्ट्रका युवाहरु, शाकाहारी बन्ने एउटा शौखको रुपमा लिन थालेका छन् ।