Blog

ग्यास्ट्रिक सँग हार्ट अटेक को लक्षण कसरी छुट्ट्याउने ?

blog-detail-img
|
  Jan. 4, 2021
18841
Views

Click here to download mobile App

ग्यास्ट्रीक / हार्ट बर्न  (Heart Burn, Reflux)

पेटको समस्या (ग्यास्ट्रीक) ले छातिको बिच भागमा, घाटिमा वा छातिको देब्रेतिरको तल्लो भागमा पोल्नु वा असजिलो हुनुलाई हार्ट बर्न भनिन्छ । हार्ट अटैक को लक्षण  हार्ट बर्न सँग मिल्दोजुल्दो हुने गरेकोले यसलाई यकिन सँग छुट्ट्याउन अत्यन्तै जरुरी हुन्छ । धेरै बिरामीले हार्ट अटैक लाई  हार्ट बर्न ठानेर ठुलो सन्कटमा पनि परेका छन । साथै धेरैले हार्ट बर्न लाई हार्ट अटैक भन ठानेर अनावश्यक समय, पैसाको खर्च र मानसिक त्रास समेत भोग्न पुग्छन ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

 

हार्ट बर्न र हार्ट अटैक कसरी छुट्याउने ?

हार्ट बर्न र हार्ट अटैक  छुट्याउने प्रमुख आधार लक्षण नै हो । कुनै जाचको मदतले यसलाई छुट्याउन कठिन हुन्छ ।

 

1)  छातिको बिचमा वा घाटिमा पोल्नु वा असजिलो हुनु दुबै अवस्थामा हुनसक्छ, तर हार्ट बर्न मा दुखाइ देब्रे हातमा सर्दैन ।

 

2)  हार्ट बर्नमा पहिला देखी ग्यास्ट्रीक को समस्या हुनु, अमिलो पानी आउनु, माथिलो पेट दुखने हुन्छ तर हार्ट अटैकमा बिच छातिको ठुलो भागमा दुखेको पोलेको वा दबाब जस्तो अनुभव हुन्छ ।

 

3)  वाकवाकी वा बान्ता हुने हार्ट बर्नमा पनि हुनसक्छ, तर दुखाइ सँग पसीना आउनु हार्ट अटैक को महत्वपूर्ण लक्षण मानिन्छ ।

 

४)  मानसिक तनाव, मोटोपना, मदिरा सेवन र खानाको गडबडी (अमिलो, चिल्लो, पिरो) ले  हार्ट बर्न बढाउछ ।

 

5)  खाना खाएपछी वा धेरै बेर खाली पेट भएमा, नपच्ने खालको बहिर खाना खाएमा हार्ट बर्न को सम्भावना हुन्छ ।

 

6)  मधुमेह, धुम्रपान्, उच्चकाेलेस्टेरोल भएकाले यस्तो लक्षण हुनसाथ मुटु जाच गर्नु राम्रो हुन्छ । 

 

7)  हार्ट बर्नको उपचार (एन्टासिड्, पन्टोप्राजोल्)शुरु हुने बितिकै आराम हुन थाल्छ, तर हार्ट अटैकमा उचित उपचार नभएसम्म पुर्न आराम मिल्दैन ।

 

8)  लक्षणको आधारमा कहिलेकाही बिशेसज्ञलाई पनि निदान गर्न कठिन हुने भएकोले, बिरामीको सम्पूर्ण अवस्थालाई ध्यानमा राखेर मात्रै हार्ट बर्नको डायग्नोसिस गरिन्छ ।