Blog

व्हाइट कोट हाइपरटेन्सन (White Coat Hypertension)

blog-detail-img

व्हाइट कोट हाइपरटेन्सन (White Coat Hypertension)

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Feb. 17, 2022
1288
Views

Click here to download mobile App

व्हाइट कोट हाइपरटेन्सन (White Coat Hypertension)
बिशेष गरेर ४० बर्ष भन्दा कम उमेर भएको र चाँडै आत्तिने (Anxious) मानसिकता भएको मानिसमा रक्तचाप नाप्ने बेलामा डर (Anxiety) को कारणले BP बढेको हुनसक्छ । यस्तो अवस्था विशेष गरेर चिकित्सकको सामुन्ने क्लिनिक वा अस्पतालमा हुन्छ । डाक्टरले सेतो कोट लगाउने भएको कारणले, त्यो देखेर बिरामीको रक्तचाप बढ्ने मान्यता छ । यस्ता व्यक्तिहरुको घरमा BP नाप्दा सामान्य नै हुन्छ । त्यसैले घरमा समान्य BP हुनु र डाक्टरको सामुने BP बढी हुनुलाई White Coat Hypertension भनिन्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

यो False उच्च रक्तचाप हो । यस्तो अवस्थामा शरीरका अंगहरुमा रक्तचापको दुष्प्रभाव (Target Organ Damage) हुँदैन । White coat Hypertension पत्ता लागाउन ए.बी.पी. (ABP) जाँच गर्नुपर्छ । ABP जाँचले २४ घण्टाकै रक्तचाप आधादेखि १ घण्टाको फरकमा अटोमेटिक नाप्छ । डाक्टर नभएको बेलामा रक्तचाप नापिने भएकोले, यसबाट सही (True BP) रक्तचापको रिपोर्ट आउँछ र White coat Hypertension भए नभएको थाहा हुन्छ । यो अवस्थाकोलागि औषधि खानु पर्दैन ।