Blog

उच्च रक्तचापको कस्तो कस्तो लक्षण हुनसक्छ ?

blog-detail-img
blog-detail-img
|
  March 2, 2022
18273
Views

सामान्यतया उच्च रक्तचापको केही लक्षण हुँदैन । उच्च रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्नसक्छ । BP अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउको को पछाडितिर र कहिलेकाँही पुरै टाउको भारी (heaviness) हुने वा अलिअलि दुख्ने हुनसक्छ ।

कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण तथा समस्याहरु देखा पर्न सक्छन् । कहिलेकाँही उच्च रक्तचापको कारणले अंगहरुमा परेको दुष्प्रभावको फलस्वरुप विभिन्न | लक्षणहरु देखापर्न सक्छ । केही बिरामीलाई मस्तिष्कघात, हृदयाघात वा मृगौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्रै उच्च रक्तचाप भएको पहिलो पटक थाहा हुनसक्छ ।

लामो समय देखी बिरामी हरु सँग को अन्तर्कृयाको आधार मा उच रक्तचाप का बिरामी ले फरक फरक प्रकार का लक्षण हरु देखाउने गरेका पाए । 

1. टाउको दुख्नु वा भारी महसुस हुनु

2. रिंगटा लाग्नु

3. हिंडदा स्वाँस्वाँ हुनु

4. खुट्टा वा अनुहार सुन्निनु

5. नाकबाट रगत बग्नु

6. मुख सुक्नु, थुक निल्न गार्हो  हुनु ।

7. हिडदा मुटु ढुकढुक हुनु ।

8. छातीमा असजिलो हुनु।

9. सजिलै मन आत्तिनु

10. डर लाग्नु

11. तनाव सहन नसक्नु ।

12. ठूलो आवाज बाट तर्सिनु

13. आँखा रातो हुनु ( रगत देखिनु, Subconjunctival hemorrhage)

14. कमजोरी लाग्नु  ( weakness)

15. जिउ हुत्तिनु (feeling of imbalance)