Blog

रक्तचाप नियन्त्रणका ५ प्रमुख पक्षहरु

blog-detail-img
|
  April 15, 2022
1249
Views

उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकोले आफ्नो जीवनशैलीमा परिवर्तन गरेर नै रक्तचापको नियन्त्रण गर्न खोज्नुपर्छ । त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरुपले बन्दगर्नु सबभन्दा राम्रो उपाय हो । यसको अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराहरुको सकेसम्म कम प्रयोग गर्ने जस्ता उपायहरु अपनाउनु पर्छ । जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाह अनुसार औषधि नियमित रुपले खानु र समय समयमा आवश्यक जाँच गर्नु नै रक्तच नियन्त्रणको मुल सुत्र हो ।

१. नियमित शारीरिक गतिविधि
२. तौल घटाउने
३. नुन कम खाने
४. चुरोट पूर्ण रुपले बन्द गर्ने
५. नियमित औषधिको प्रयोग गर्ने


सर्वप्रथम उच्च रक्तचापको कारण छ कि छैन पत्ता लगाउनु पर्छ र सो कारणलई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु (Risk Factors) उत्पन्न हुनबाट रोक्नुपर्छ । यसको लगि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ।