Blog

रक्तचाप नियन्त्रण गर्ने सरल उपाय

blog-detail-img

रक्तचाप नियन्त्रण गर्ने सरल उपाय

Dr. Om Murti Anil, National Cardiac Centre, Senior Cardiologist

|
  Jan. 10, 2021
22977
Views

Click here to download mobile App

सर्वप्रथम उच्च रक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ ।

उच्च रक्तचापको नियन्त्रण को लागि

1. धुम्रपान बन्द गर्न : यदि तपाँई धुम्रपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।

2. मोटोपना घटाउनुपर्छ : यदि तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ 

3. शारीरिक गतिविधि: यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ 

4. मदिरा सेवनलाई नियन्त्रण : यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।

5. नुन कम :   यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नुन कम खानुपर्छ 

6. तनाव कम: उच्च रक्तचाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।

7.  पोटासियमयुक्त खाना धेरै खानुपर्छ : पोटासियम(K+) बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलफुलमा पनि पोटासियम बढी पाइन्छ ।

डा. ओम मूर्ति अनिलका भिडियो लेखहरु हेर्न यहाँ लिंकमा वा माथिको फोटो क्लिक गर्नुस

8. ताजा फलफूल नियमित खानुपर्छ : ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ् राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।

9. प्रशस्त हरियो सागसब्जी खानुपर्छ : प्रतिदिन नियमित २, ३ चोटि हरियो सागसब्जी खानुपर्छ ।

10. माछाको प्रयोग फाइदाजनक मानिन्छ : हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।

उच्च रक्तचापको नियन्त्रण जरुरी हुन्छ । रक्तचाप जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ । यदि तपाईँ औषधि खाईराख्नु भएको छ भने रक्तचाप झन नियन्त्रणमा हुनुपर्छ । जुनसुकै बेला रक्तचाप १४०/९० भन्दा कम हुनुपर्छ ।रक्तचाप १२०/ ८० भन्दा कम भएमा भने राम्रो हुन्छ ।  

कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ । त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ । जीवनशैलीमा थप परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । मुटुरोगीहरुको रक्तचापको नियन्त्रण त झन राम्रो हुनुपर्छ।